कास्की र म्याग्दीका गरिब तथा जेहेनदार विद्मार्थीलाई जापान ग्रुप ओनोको छात्रवृत्ति
पाेखरा | जेठ २०, २०८१
पोखरा: “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ ।
कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ ।
कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए ।
विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए ।
संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

